Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

३१ वर्षपछि ‘कस्तुरी’लाई डिजिटलाइज गरेर प्रदर्शन गरिँदै

फिल्मीखबर, काठमाडौं, 2023/03/05

movie kasturi

 

२०४८ सालमा प्रदर्शन भएको फिल्म थियो, ‘कस्तुरी’ । बेलायतमा व्यवसाय गरिरहेका व्यक्तिहरुले मिलेर फिल्मको निर्माण गरेका थिए । फिल्मको प्रमुख निर्माता विनोद मानन्धर थिए । यो बेलायतमा छायांकन भएको पहिलो नेपाली फिल्म समेत हो । तर, घरेलू बजारमा फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । अब यो फिल्मलाई ३१ वर्षपछि डिजिटलाइज गरेर पुनः प्रदर्शन गरिँदैछ ।

एक फेस्टिभलको शिलशिलामा लण्डन पुगेका निर्माता मानन्धर र अभिनेत्री करिश्मा मानन्धरले आइतबार बेलायतको साउथ हैर्रोमा फिल्मको प्रदर्शन गर्दैछन् । एक भिडियो सन्देशमा दुवैले ‘कस्तुरी’लाई डिजिटलाइज गरेर नयाँ बनाएको जानकारी दिँदै बेलायतमा बसोबास गर्ने नेपालीलाई फिल्म हेर्न निम्तो दिएका छन् । यो फिल्मलाई नेपालमा पनि प्रदर्शन गर्ने तयारीमा मानन्धर दम्पती छन् ।

‘कस्तुरी’ दुई हिसाबले विशेष छ । पहिलो, यो विदेशी भूमिमा खिचिएको पहिलो नेपाली फिल्म हो । नेपालमै छायांकन गर्न समस्या र कठिनाइ हुने समयमा निर्माता मानन्धरले बेलायतमा फिल्मको छायांकन गरेका थिए । जसले गर्दा फिल्मको लागत पनि बढ्न पुगेको थियो । दोस्रो, यही फिल्मबाट विनोद र करिश्मा एकअर्कासँग नजिक भएका थिए र पछि विवाह बन्धनमा बाँधिएका थिए ।

किरण प्रधानको लेखन तथा निर्देशन रहेको ‘कस्तुरी’मा करिश्मा मानन्धर, अजय शेखर, शुभद्रा अधिकारी, सन्तोष पन्त, मदनदास श्रेष्ठ, गौतमरत्न तुलाधर, पार्वती अधिकारी, विनोद मानन्धर आदिको अभिनय छ । मानन्धरसँगै फिल्मको निर्माण हरि विभोर कार्की, नृेम प्रधान, हरि थापा, ध्रुव केसीले गरेका थिए । गौरी शंकर धुजुको छायांकन रहेको फिल्ममा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन छ ।