Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेजन प्राइममा ‘हेल्लो जिन्दगी’, यी नेपाली फिल्म पनि छन् उपलब्ध

फिल्मीखबर, काठमाडौं, 2023/03/05

hello jindagi(4)

 

कोरोना महामारीपछि ओटीटी प्लेटफर्मप्रति विश्वमै आकर्षण बढ्दो छ । हलको सशक्त प्रतिस्पर्धी र विकल्पको रुपमा उदाएको ओटीटीमा विश्वका महंगा फिल्म तथा सिरिजहरु रिलिज हुँदै आएका छन् । ठूला फिल्म उद्योगका निर्मातालाई अब लगानी उठाउन हलकै व्यापारमा भर पर्नुपर्ने अवस्था छैन । ओटीटी प्लेटफर्मले नै लगानीभन्दा बढी रकम तिरेर फिल्महरु खरिद गर्ने गरेका छन् ।

नेपाली फिल्मले भने विश्वका ओटीटी प्लेटफर्ममा आफ्नो बलियो उपस्थिति जनाउन सकेको छैन । न त ठूला ओटीटी प्लेटफर्मको आकर्षण नेपाली फिल्मप्रति देखिएको छ । यद्यपि, केही प्रतिष्ठित ओटीटीमा नेपाली फिल्मले प्रवेश पाउँदै आएका छन् । त्यसमा अमेजन प्राइम अग्रस्थानमा पर्छ । ‘बुलबुल’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘शत्रु गते’ आदि नेपाली फिल्म यो प्लेटफर्ममा उपलब्ध छन् ।

यस्तैमा, गत वर्ष प्रदर्शन भएको फिल्म ‘हेल्लो जिन्दगी’ले पनि अमेजन प्राइममा इन्ट्री पाएको छ । अमेजन यूकेमा रिलिज भएको फिल्म अब सशुल्क हेर्न पाइनेछ । फिल्म अंग्रेजी अडियो ल्याङ्गवेजमा पनि उपलब्ध छ । फिल्मका निर्माता तथा अभिनेता विक्रम डि जोशीले नेपाली फिल्मप्रति विश्वभरका दर्शकको आकर्षण बढाउने उद्देश्यले अमेजनमा फिल्म रिलिज गरिएको जानकारी दिए ।

विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्तको पनि अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्मको निर्माता विक्रम जोशी र हिराल जोशी हुन् ।