Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतिले सकिन् तीन महिने अभिनय कोर्स, फिल्ममा डेब्यूका लागि तयार

फिल्मीखबर, काठमाडौं, 2023/03/04

niti shah

 

फेसन मोडल नीति शाहले फिल्ममा डेब्यूका लागि गत पुष महिनाबाट कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टुडियो’मा अभिनय सिक्न थालेकी थिइन् । उनले शुक्रबार तीन महिने कोर्स पूरा गरेकी छन् । उनले इन्टाग्राममा अभिनय सिकाइको क्रममा खिचिएका तस्विरहरु पोस्ट गर्दै ‘एक्टर्स स्टुडियो’सँगको ३ महिना आफ्नो जीवनको सबैभन्दा अद्भुत समय रहेको बताएकी छन् ।

केही समय अगाडि एक भेटमा अनुप बरालले नीतिमा आफूले राम्रो सम्भावना देखेको र अभिनयप्रति गम्भीर रहेको बताएका थिए । नीतिले अभिनय सिकाइकै क्रममा फिल्म ‘कामिनो’ सम्झौता गरेकी थिइन् । यो फिल्ममा उनलाई छनोट गर्नुअघि निर्देशक दीपक वलीले केही संवाद दिएर अभिनय गर्न लगाएका थिए । त्यसमा नीतिले राम्रो अभिनय गरेपछि फिल्ममा अनुबन्धित गरिएको थियो ।

चाँडै उनी ‘कामिनो’को वर्कसपमा सहभागी हुँदैछिन् । एक हप्तासम्म चल्ने वर्कसप कलाकार भोलाराज सापकोटाले गर्नेछन् । यो फिल्ममा नीतिको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिँदैछ । यसअघि केही विज्ञापनमा उनीहरुले एकसाथ काम गरेको भए पनि फिल्ममा पहिलो पटक जोडी बाँधिन लागेको हो । दुवैलाई ठूलो पर्दामा एकसाथ हेर्न दर्शकहरु लामो समयदेखि प्रतिक्षारत थिए ।

सम्झौताको आधारमा ‘कामिनो’ नीतिको तेस्रो फिल्म हो । उनले पहिलो फिल्मको रुपमा ‘हुतुतु’ र दोस्रो फिल्मको रुपमा ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । ‘हुतुतु’को निर्माण अन्योल छ भने ‘एक्स ९’को छायांकन आगामी जेठबाट सुरु हुने तयारीमा छ । यसमा पनि उनको जोडी प्रदीपसँग बाँधिनेछ । लामो समय फिल्मको अफर नकारेकी उनी अब फिल्ममै करिअर बनाउने सोचमा छिन् ।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Niti Shah (@shah_niti)