Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौंमा थपियो अर्को मल्टीप्लेक्स, सीतापाइलामा सीके सिनेमाज् सञ्चालन

फिल्मीखबर, काठमाडौं, 2023/03/03

ck cinemas

 

कोरोना महामारीपछि एकातिर सिंगल थिएटर बन्द हुने क्रम बढेको छ भने अर्कोतिर सुविधा सम्पन्न मल्टीप्लेक्स हल खुल्ने क्रम पनि बढेको छ । यस्तैमा, काठमाडौंमा अर्को मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । करिब १२ करोड लगानीमा शुक्रबारबाट सीतापाइलास्थित अनुपम मलमा सीके सिनेमाज् सञ्चालनमा आएको हो । बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले रिवन काटेर हलको उद्घान गरे ।

नेपाल चलचित्र संघका महासचिव तथा निर्माता नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी छ । हल उद्घाटनको क्रममा बोर्ड अध्यक्ष केसीसहित काठमाडौं क्षेत्र नं. ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए । ३ सय ९१ सिट क्षमता रहेको दुई अडिटोरियममा ७.१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको छ ।

 

ck cinemas


हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । उनले भने, ‘सिनेमा हल कलाकारका लागि मात्र नभइ सिनेमा प्रेमीको लागि पनि खुसीको कुरा हो । शहरमा मात्रै होइन, गाउँ-गाउँमा सिनेमा हल खुल्नु पर्छ ।’ त्यस्तै, सांसद श्रेष्ठले सिनेमा हल सबैको साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सरक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।