Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३१ दिनमा नम्रता र गौरवको ‘नम्बरी सुन’ प्याकअप

फिल्मीखबर, काठमाडौं, 2023/03/02

namrata sapkota and gaurav pahari

 

अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको मुख्य भूमिका रहेको फिल्म ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिए । लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको फिल्मको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।

७० वर्षअघिको कथामा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको पनि अभिनय छ । निर्देशक गिरीले स्क्रिप्टलाई दृश्यमा हुबहु उतार्न सक्दो प्रयास गरेको बताए ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशनको, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा गौतम राज खड्काको सम्पादन रहनेछ ।