Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघ नेपालमा समीर बलामीको नेतृत्व

फिल्मीखबर, काठमाडौं, 2023/03/02

sameer balami

 

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाएको छ । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट समीर बलामी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष (संगठन)तर्फ विजय सुवेदी (आवाज), उपाध्यक्ष (कार्यक्रम)तर्फ कुबेर गिरी र उपाध्यक्ष महिलामा सुरक्षा भट्टराई विजयी भए ।

महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेशी सचिवमा उद्धव रसाइली र कोषाध्यक्षमा मनिष कार्की विजयी हुँदा सह-कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्विरोध निर्वाचित भए । समावेशी सदस्यमा महमद जलिम निर्विरोध निर्वाचित हुँदा महिला सदस्यमा सुष्माश्री कार्कीले ठूलो मतान्तरसहित विजयी हासिल गरिन् ।

सदस्य खुल्लातर्फ अनुप भट्टराई, अर्जुन गुरागाई, सुरेन्द्र थापा, निशा बजगाई, सिपी जैसी र कृष्ण पाण्डे विजयी भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि बलामीले चलचित्र पत्रकारितामा धेरै चुनौती रहेकाले त्यसलाई छिर्न सक्ने गरि नयाँ नेतृत्वले काम गर्ने बताएका छन् । तीन वर्षमा संघले चलचित्र पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिमा उल्लेख्य कामहरु गर्ने उनको भनाई छ ।