Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

भिटेनको स्वरमा ‘छड्के २’को ‘छड्के खालास’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/02/27

anmol kc and vten

 

निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘छड्के २’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘छड्के खालास’ बोलको गीतमा चर्चित र्‍यापर भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी बढी छाएका छन् । एङ्ग्री र मस्ती मूडसहित केही दृश्यमा उनलाई नशालु वस्तु सेवन गरेको देख्न सकिन्छ । यसले फिल्ममा उनको चरित्रबारे बोल्छ ।

निर्देशक श्रेष्ठ स्वयंको लेखन रहेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतको अभिनय छ । देशको प्राकृतिक स्रोत हत्याउन र त्यसबाट आर्थिक लाभ लिन संघर्षरत तीन ग्याङको कथामाथि फिल्म बनेको छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाले खिचेको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । फिल्मको कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । यही शुक्रबारबाट फिल्म प्रदर्शनमा आउँदैछ ।

१० वर्षअघि सानदार इनिसियल व्यापार गरेको ‘छड्के’को सिरिज र त्यसमा पनि सुपरस्टार अनमोल केसी जोडिएकाले फिल्मको ओपनिङ आक्रामक हुने प्रक्षेपण गरिएको छ । अनमोलले पहिलो पटक ग्याङस्टरको भूमिका निर्वाह गरेकाले युवापुस्ताको एउटा वर्ग फिल्मलाई लिएर अधैर्य छ । ‘वर्ड अफ माउथ’ बलियो हुन सकेको खण्डमा फिल्मले बक्सअफिसमा लामो यात्रा गर्न सक्नेछ ।