Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उच्च अदालत पोखराले पल शाहलाई दियो सफाइ, भोलि रिहा हुने

फिल्मीखबर, काठमाडौं, 2023/02/26

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

 

अभिनेता पल शाहलाई उच्च उदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएपछि शाहले त्यस फैसलाविरुद्ध उच्चमा निवेदन दिएका थिए । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । पल भोलि जेलबाट रिहाइ हुनेछन् ।

तनहुँ जिल्ला अदालतले भने उनलाई निर्दोष ठहर गरिसकेको छ । नवलपुर जिल्ला अदालतको आदेश उल्ट्याएर उच्च अदालत पोखराले सफाइ दिएसँगै पलमाथि लागेको नाबालिग जबर्जस्ती करणीको मुद्धा किनारा लागेको छ । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सबै अभियोगबाट शाहले पूर्ण सफाइ पाएको र भोलि प्रक्रिया पूरा गरेर जेलबाट रिहा हुने जानकारी गराए ।

पलले भोलि नै जेल जीवन विताएको एक वर्ष पूरा हुँदैछ । एक नाबालिगले जबर्जस्ती करणीको आरोपमा तनहुँ र नवलपुर प्रहरी कार्यालयमा जाहेरी दिएपछि पल २०७८ सालको फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । पछि तनहुँ र नवलपुर दुवै अदालतमा बकपत्र गर्ने क्रममा ती नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् ।