Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १९ छाडेर असार १५ मा पुग्यो ‘परस्त्री’

फिल्मीखबर, काठमाडौं, 2023/02/26

parastri movie

 

यही फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘परस्त्री’ चार महिना पछाडि सरेको छ । पूर्वघोषित मितिमा दुई ठूला नेपाली फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ आउने भएपछि निर्माण पक्षले आगामी असार १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । ‘लभ लभ लभ’ फिल्मका अभिनेता सुरज पाण्डेको निर्देशनमा बनेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो समीक्षात्मक र व्यावसायिक रुपमा सफल फिल्म दिएका निर्देशक दीपेन्द्र के. खनालले ‘परस्त्री’को कथा लेखेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्माण भएको फिल्ममा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायत मुख्य भूमिकामा छन् । सुरजले यही फिल्मबाट निर्देशनमा फड्को मारेका हुन् । शर्मिला उनकी आमा हुन् ।

फिल्मलाई निरज पाण्डेले छायांकन गरेका हुन् । थ्रिलर जनरामा निर्माण भएको फिल्म एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण भएको बताइएको छ । फिल्मका लेखक खनालले सुरजलाई आफूले निर्देशनमा कुनै खालको दख्खल नदिएको दाबी गर्दै उसको कामबाट आफू एकदमै सन्तुष्ट रहेको बताएका छन् । सुरजले एक सिन पनि कम्प्रमाइज नगरी खिचेको उनको भनाई छ ।