Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

केकी र सलोनपछि ‘जय हो’मा निशाको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2023/02/25

nisha adhikari

 

टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’मा कलाकार प्रवेशको क्रम रोकिएको छैन । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीपछि फिल्ममा अर्की अभिनेत्री निशा अधिकारीको पनि प्रवेश भएको छ । शुक्रबार फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने खुलाइएको छैन ।

विवाह बन्धनमा बाँधिएर आमा बनेपछि निशा अभिनयमा सक्रिय बनेकी छन् । फिल्म ‘म’बाट करिब ४ वर्षपछि कमब्याक गरेकी उनले फिल्म ‘आँखा’ र गणेशदेव पाण्डेको एक फिल्ममा पनि काम गरिसकेकी छन् । कुनै बेला अभिनेत्रीमा राम्रो डिमान्ड भएकी उनले ‘झ्यानाकुटी’बाट फिल्म निर्माणमा समेत हात हालेकी छन् । अहिले उनले युट्युबका लागि पोडकास्ट चलाउँदै आएकी छन् ।

‘जय हो’मा अर्पण थापा र माओत्से गुरुङले पनि अभिनय गर्दैछन् । आगामी फागुन २५ गतेदेखि छायांकनमा जान लागेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, सुरेश न्यौपानेको कथा र सौरभ लामाको छायांकन रहनेछ । फिल्मको निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने फिल्मको मुस्ताङ र पोखरामा छायांकन हुनेछ ।