
दिनेश लिङदेनको निर्देशनमा फिल्म ‘तलास २’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्म्स् र यल्लीवूड फिल्म्स्को संयुक्त लगानीमा बन्न लागेको फिल्ममा हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा नेपाली महिलाहरुले भोग्नु परेको पीडालाई प्रमुख विषय बनाइने निर्देशक लिङदेनले जानकारी दिए ।
फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पुर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुन्य ओझा, दिलिप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहनेछ । सुदिता लिङ्देनको प्रस्तुति, लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्म पूर्वका विभिन्न स्थानमा छायांकन हुनेछ ।
फिल्ममा विकास चौधरीको संगित, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर, दिनेश माङ्मुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र सुमन योञ्जनको रहनेछ ।

