Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलको 'छड्के २' ट्रेलर रिलिज, दमदार व्यापारको अपेक्षा

फिल्मीखबर, काठमाण्डौ, 2023/02/22
यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’ ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनमोलको चरित्र ग्याङस्टरको छ । उनको लुक्स र गेटअप एकदमै भिन्न छ । शरीरभरि ट्याटु मात्र छ । उनी फिल्ममा एक ग्याङको नाइकेको रुपमा प्रस्तुत छन् । पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म अनमोलका लागि अग्नि परीक्षा मानिएको छ । जसको कारण यो फिल्मको व्यापारमा दमदार अपेक्षा गरिएको छ ।
 
 
फिल्म रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथामा बनेको छ, जसको उद्धेश्य पैसाका लागि मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र त्यसमा आफ्नो एकाधिकार जमाउन खोज्नु हो । तीनवटा ग्याङमध्ये ग्रीन ग्याङको नाइके अनमोल हुन् । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा फिल्म केन्द्रित छ ।
 
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानको पनि अभियन छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको ‘छड्के २’को कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।