Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दया र मिरुनापछि ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म भित्रिए

फिल्मीखबर, काठमाडौं, 2023/02/21

Samragyee R L Shah and karma

 

‘छ माया छपक्कै’ जस्तो सफल फिल्मका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्म शाक्यको प्रवेश भएको छ । यी दुई स्टारसँग निर्माणपक्षले सोमबार कागजी सम्झौता गरेको हो । पहिलो पटक एकसाथ काम गर्न लागेका उनीहरुले कथावस्तुदेखि टिमसम्म मन परेपछि फिल्ममा आबद्ध भएको बताएका छन् ।

यो फिल्ममा यसअघि दयाहाङ राई र मिरुना मगर फाइनल भैसकेका छन् । अब कलाकारको लाइनअप पूरा भएको जनाइएको छ । आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङलगायतको पनि अभिनय रहनेछ । मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘नांगो गाउँ’को छायांकन यही फागुनको अन्तिम साताबाट सुरु हुनेछ ।

काभ्रेमा छायांकन हुने फिल्ममा हिमाल शर्माको लगानी छ । निर्देशक लामाले आफूलाई साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर रहेको बताउँदै यसपटक भूमिका पनि दुवैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको बताएका छन् । दयाहाङसँग निर्देशक लामाले यसअघि ‘घामपानी’ र ‘दुई नम्बरी’ फिल्ममा सहकार्य गरेका थिए । मिरुनासँग भने उनको पहिलो सहकार्य हो ।