आगामी चैत १० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक शीर्ष रोमान्टिक गीतमा सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रचना छ भने अञ्जु पन्त र किरण भुजेलको युगल स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा रमेश बानियाँ र वर्षा सिवाकोटी रोमान्टिक भावमा प्रस्तुत छन् ।
लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल बाल कलाकारमा छन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता बीना कार्की र सन्तोषकुमार राई हुन् भने सह-निर्मातामा सञ्चारकर्मी सुदीप पौडेल रहेका छन् ।
राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, राजेन्द्र मोक्तानको कलर, दिनेश विष्टको भिएफएक्स, भरत कँडेलको साइन्ड डिजाइन छ । यो फिल्मबाट वर्षालाई व्यावसायिक सफलताको आशा छ । फिल्मलाई देशभर वितरण गर्ने जिम्मा आरआर फिल्म्सले लिएको छ ।

