Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पोस्ट प्रोडक्सनबाटै बिक्यो ‘प्रसाद २’को अष्ट्रेलिया राइट्स

फिल्मीखबर, काठमाडौं, 2023/02/19

prasad 2

 

गत पुष अन्तिम साता छायांकन सकिएको फिल्म ‘प्रसाद २’को यतिबेला पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । सफल फिल्मको प्रिक्वेल भएकाले पोस्टबाटै विदेश राइट्स विक्री हुन थालेको छ । यसको सुरुवात अष्ट्रेलियाबाट भएको छ । गोर्खे इन्टरटेनमेन्टका रन्जित राज वन्त र नमस्ते इन्टरटेनमेन्ट अष्ट्रेलियाका सञ्चालक देव कार्कीले यो फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार लिएका छन् ।

शनिबार फिल्मका निर्माता सुभाष थापा र वितरकमध्येका एक रन्जित राज वन्तबीच अष्ट्रेलिया प्रदर्शन सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । अब यो फिल्म आगामी बैशाख १ गते नेपालका साथै अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुनेछ । ‘प्रसाद’लाई पनि अष्ट्रेलियामा गोर्खे इन्टरटेनमेन्टले नै प्रदर्शन गरेको थियो । यो फिल्मको सुखद प्रदर्शनबाट हौसिएका वन्तले ‘प्रसाद २’ पनि खरिद गरेका हुन् ।

सुदर्शन थापाद्को निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी, कमलमणी नेपाल, निमा पाण्डेलगायतको अभिनय छ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । राजनराज सिवाकोटीको संगीत र राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको निर्मातामा सुदर्शन बस्नेत छन् भने प्रस्तुतकर्ता सुभाष थापा हुन् ।