Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ४’ ट्रेलरमा राजनीतिक विकृतिको कथा

फिल्मीखबर, काठमाडौं, 2023/02/17

यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरमा राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको छ । पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण गरिएको छ ।

 

Deepak, Dipaa, Kedar, Buddhi, Benisha, Raj, Nirmal


सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह-अवरोहलाई ट्रेलरमा रोचक शैलीमा बुनिएको छ । ट्रेलरमा पात्रहरुको पञ्चलाइनलाई बढी प्राथमिकता दिइएको छ भने बेनिशा हमाल पत्रकारको भूमिकामा छिन् । केदार घिमिरे राजा पात्रको सहायकको रुपमा प्रस्तुत छन् । ट्रेलरको अन्तिमतिर दीपाश्री निरौलालाई नेता शैलीमा देखाइएको छ ।

‘दर्शन सलाम’ गीतका कारण चर्चामा रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको पनि अभिनय रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ ।

आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । दीपक-दीपाले ‘छक्का पञ्जा’मा वैदेशिक रोजगारीले निम्त्याएको समस्या, दोस्रो सिरिजमा युवापुस्ताको विदेश मोह र तेस्रो सिरिजमा सरकारी विद्यालयभित्र हुने राजनीतिको कथा उठाएका थिए ।