Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दिनेशको फिल्ममा स्वप्नको जोडी दिक्षिता

फिल्मीखबर, काठमाडौं, 2023/02/16

dixita karkii  and Swoopna Suman

 

‘क्लासिक’, ‘नोभेम्बर रेन’ जस्ता सफल लभस्टोरी फिल्मका निर्देशक दिनेश राउत लामो समयपछि लभस्टोरी फिल्ममा फर्किँदैछन् । उनले गायक स्वप्न सुमनलाई अभिनेताको रुपमा डेब्यू गराउँदै लभस्टोरी फिल्म बनाउन लागेका हुन् । अहिले स्वप्नले अभिनय सिकिरहेका छन् । आगामी बैशाखबाट छायांकन थालनी गर्ने तयारी गरिएको फिल्मको पटकथा विकास सुवेदीले लेखिरहेका छन् ।

फिल्ममा स्वप्नको जोडी चर्चित गायिका दिक्षिता कार्कीसँग बाँधिने भएको छ । चर्चित भ्लगर तथा संगीतकार चेतन कार्कीकी छोरी रहेकी दिक्षिता अहिलेकी ‘युट्युब सेन्सेसन’ हुन् । ‘जीवन’, ‘तिमी र म’ जस्ता गीत उनका चर्चित छन् । अंग्रेजी गीतको कभर गाएर चर्चामा आएकी उनको युवापुस्तामा गजब फ्यान फलोइंग छ । केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो ।

फिल्मको पात्रमा स्वप्न र दिक्षिता सुहाउने भएकाले मुख्य भूमिकामा अनुबन्ध गरिएको निर्देशक राउतले फिल्मीखबरलाई जानकारी दिए । आफ्नो गायन कलाबाट दुवै युवापुस्तामा लोकप्रिय भएकाले फिल्ममा कलाकारको ‘लाइनअप’ अत्यन्त बलियो देखिएको छ । शहर केन्द्रित कथावस्तुमा निर्माण हुन लागेको फिल्म डिजिटल क्यामेरा इक्विपमेन्ट कम्पनी मल्टी मेटको ब्यानरमा निर्माण हुनेछ ।

 

dixita karkii  and Swoopna Suman


निर्देशक राउतले ‘पर्व’, ‘प्रसाद’ र ‘प्रकाश’पछि लभस्टोरी फिल्म निर्देशन गर्न लागेका हुन् । हरेक फिल्ममा फरक प्रयास गरिरहेका उनी यसपटक आफ्नो अघिल्ला लभस्टोरी फिल्मभन्दा फरक बनाउने सोचमा छन् । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । आगामी बडा दशैंमा प्रदर्शनको लक्ष्य राखिएको फिल्म शहरी सभ्यताभित्रको ढोंग र प्रेमको कथामा निर्माण हुने जानकारीमा छ ।