Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

११ दिनसम्म इनरुवामा चलचित्र महोत्सव हुने

फिल्मीखबर, काठमाडौं, 2023/02/16

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ को आयोजनामा यही फागुन ७ गतेदेखि १७ गतेसम्म सुनसरीको सदरमुकाम इनरुवामा ‘प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९’ हुने भएको छ । सुरुवातमा ५ दिनसम्म मात्र महोत्सव गर्ने तयारी गरिएको भए पनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याइएको महासंघ अध्यक्ष अरुण कुमार प्रधानले बताए ।

 

Arun Kumar Pradhan


बुधबार आयोजक समितिले इटहरीस्थित डिथ्री अनलाइनको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा प्रदेश नं. १ मा बनेका फिचर तथा लघु फिल्महरुलाई प्रदर्शन गरिने जानकारी गराइयो । इनरुवा नगरपालिकाले संयोजन गरेको महोत्सवका लागि यतिबेला फिल्म दर्ताको प्रक्रिया चलिरहेको छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई महोत्सवमा सम्मान पनि गरिनेछ ।

महासंघका अध्यक्ष प्रधानले भने, ‘प्रतिभा प्रवर्द्धन तथा स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत यो महोत्सवको छ । बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता समेत महोत्सवमा हुनेछ ।’ नेता भर्सेज अभिनेता फुटबल खेलदेखि सांस्कृतिक कार्यक्रम समेत राखिएको उनले बताए ।

 

Arun Kumar Pradhan


प्रदेश नं. १ बाट प्रतिनिधित्व गर्ने फिल्म क्षेत्रका हस्तीहरुलाई ‘प्रदेश १ तारा’ उपाधिबाट सम्मान गरिने अध्यक्ष प्रधानको भनाई छ । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मी सिटीको भ्रमण गराउने कार्यक्रम समेत राखिएको छ । यो महोत्सवले प्रदेश १ को पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाल चलचित्रकर्मी महासंघको छ ।