Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुष्माको बर्थडेमा सलमान अंकित केक, तर काट्न मानिनन्

फिल्मीखबर, काठमाडौं, 2023/02/15

sushma karki

 

बलिउड सुपरस्टार सलमान खानका प्रशंसक नेपालमा अगन्य छन् । उनका फिल्म प्रदर्शनमा आउँदा ‘फर्स्ट डे, फर्स्ट शो’ हेर्नेदेखि जन्मदिनसम्म धुमधामले मनाउने गर्छन् । नेपाली सेलिब्रेटीहरु समेत ‘सलमान प्रेमी’ छन् । अभिनेत्री सुष्मा कार्की त छुट्दै नछुट्ने नाम हो । आफ्नो कोठाको भित्तामा सलमानसँगको तस्विर नै प्रिन्ट गरेकी छन् उनले । उनको जन्मदिन समेत ‘सलमानमय’ बन्छ ।
 
सुष्माले मंगलबार साँझ काठमाडौंको डिल्लीबजारस्थित द एड्रेस लन्जमा जन्मदिन सेलिब्रेट गरिन्, जहाँ करिश्मा मानन्धरदेखि रीमा विश्वकर्मासम्म उपस्थित भएका थिए । विदेशबाट एक साथीले गिफ्ट ल्याइदिएको रातो रंगको वानपिस लगाएर पुगेकी उनको बर्थडे सेलिब्रेसनमा सलमान अंकित एउटा केक उपहारमा आएको थियो । जसमा ‘ह्याप्पी बर्थडे सुष्मा महारानी’ भनेर लेखिएको थियो ।

तर, उनले सलमान अंकित केक काट्न मानिनन् । सलमान आफ्नो ‘आइडल’ रहेको भन्दै सुष्माले उक्त केक नकाटेको जानकारी प्राप्त छ । फिल्ममा आउनुभन्दा अगावैदेखि सलमानको फ्यान रहेकी उनको सन् २०१७ मा लण्डनमा सलमानसँग भेट भएको थियो । उनले सलमानको काँधमा आफ्नो शिर राखेर खिचेको एक तस्विर फेसबुकमा पोस्ट गर्दै ‘माइ लभ’ भनेर उल्लेख गरेकी थिइन् ।

उनले जन्मदिन मनाउने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो जीवनमा अहिले कोही विशेष व्यक्ति नभएको बताएकी छन् । जन्म, विवाह र मृत्यु आफ्नो हातमा नहुने भन्दै उनले आफूलाई विवाह गर्न हतार नभएको पनि स्पष्ट पारेकी छन् । ‘मेरो दिदीकै आगामी बैशाखमा बिहे हुँदैछ । त्यो हिसाबले मेरो पालो नै आएको छैन । र, बिहे भन्ने कुरा हतार गरेर हुँदैन,’ उनले भनेकी छन् ।