Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी’ टिजरमा दयाहाङ र मिरुनाको प्रेम र झगडा

फिल्मीखबर, काठमाडौं, 2023/02/14

Dayahang Rai, Miruna Magar, Prem Subba, Bijay Baral, Rekha

 

आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी’ समुहको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ । मंगलवार युट्युबमा सार्वजनिक गरिएको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । लिम्बु समुदायमा गाइने ‘पालाम’लाई कथावाचनको रुपमा प्रयोग गरिएको टिजरमा एक लिम्बु दाम्पतीको कथा भनिएको छ ।

फिल्ममा दयाहाङ राई र मिरुना मगर दाम्पतीको भूमिकामा छन् । उनीरुबीचको प्रेम र घरायसी झगडालाई टिजरमा देखाइएको छ । त्यस्तै, टिजरको मध्य भागतिर दयाहाङलाई रेखा लिम्बुको प्रेममा डुबेको देख्न सकिन्छ भने अन्तिममा मिरुना मगर र रोयदीप श्रेष्ठबीचको प्रेमलाई व्यक्त गरिएको छ । जसले गर्दा टिजर सस्पेन्सयुक्त छ । टिजरको पृष्ठभूमिमा सुनिने ‘पालाम’ निकै सुन्दर छ ।

रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । जारी प्रथामाथि आधारित रहेको फिल्ममा विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बालगायतको पनि अभिनय छ । सैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ । फिल्मले एक व्यक्तिको यस्तो कहानी भन्छ, जो आफ्नो श्रीमती फिर्ता ल्याउन संघर्ष गर्छ ।