Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटो’मा मिथिला शर्मा, पाँच भाषामा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2023/02/14

mithila sharma's movie bato

 

अभिनेत्री मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्म ‘बाटो’को छायांकन ८ महिनामा सकिएको छ । गत वर्षको जेठ २९ गतेबाट छायांकन सुरु भएको फिल्मको यही फागुन १ गते सोमबार अन्तिम दृश्य खिचियो । विभिन्न प्राविधिक कारणले नियमित छायांकन नहुँदा फिल्म ‘प्याकअप’ हुन ८ महिना लागेको हो । फिल्मको अन्तिम दृश्य काठमाडौंको कालोपुलस्थित एक घरमा कैद गरियो ।

काठमाडौं र उदयपुरको गाईघाटमा छायांकन भएको फिल्मका निर्देशक मदन थापा हुन् । काठमाडौँ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक थापाकै लेखन छ । फिल्मका छायाँकार शरण ऋसी हुन् । निर्देशक थापा र छायाँकार ऋसीलाई निर्माण टिमले भारतको चेन्नइबाट झिकाएको हो । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झा काठमाडौँ फिल्मस्का प्रमुख समेत हुन् ।

रोड थ्रिलर जनरामा निर्माण भएको ‘बाटो’मा मिथिलाका अलावा रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायत मुख्य भूमिकामा छन् । फिल्मको पोष्ट प्रोडक्सन मुम्बईमा हुनेछ । फिल्मलाई आगामी वर्ष रिलिज गर्ने योजनामा निर्माण टिम छ । फिल्मलाई नेपाली, हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी गरी पाँच भाषामा प्रदर्शन गर्ने तयारी भैरहेको निर्माता झाले जानकारी दिए ।