
आगामी चैत ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुक्का’को रोमान्टिक पोस्टर सार्वजनिक भएको छ । ‘भ्यालेन्टाइन डे’को अवसरमा मंगलवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख कलाकार तेज गिरी र अशु न्यौपाने प्रेमिल भावमा प्रस्तुत छन् । पोस्टरले फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझाउँछ । किनकि, अशुको सिउँदोमा सिन्दूर र गलामा पोते छ ।
स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गरेर निर्माण गरेको यो फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक, सन्तोषकुमार आत्रेयलगायतको पनि अभिनय छ । पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सह-निर्मातामा छन् ।
शम्भु थापाको निर्देशनमा बनेको फिल्ममा प्रयत्न श्रेष्ठको शब्द तथा संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन, कृष्णबहादुर थापाको छायांंकन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको ध्वनी मिश्रण रहेको छ ।

