Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘भगवत् गीता’को छायांकन सुरु, नयाँ वर्षको रिलिज टर्‍यो

फिल्मीखबर, काठमाडौं, 2023/02/10

लामो रस्साकस्सीपछि अन्ततः झरना थापाको चौंथो निर्देशकिय फिल्म ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । शुक्रबार (आज) जनकपुरधामको राम मन्दिरमा पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । करिब २० दिनसम्म फिल्मको छायांकन जानकी मन्दिर आसपासमा हुनेछ । गत कृष्ण जन्माष्टमीमा जानकी मन्दिरमा छायांकन भएको टिजर सार्वजनिक गरिएको थियो ।

 

bagwat geeta movie


दशैं-तिहारपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम थियो । तर, हिरो नभेटिँदा निर्धारित समयमा छायांकन सुरु हुन सकेन । पहिला पारिश्रमिकमा कुरा नमिलेर काम गर्ने इच्छा नदेखाएका अभिनेता धिरज मगरले ‘बाबरी’को असफलतापछि काम गर्न तयार भएपछि ‘भगवत् गीता’ फ्लोरमा निस्किएको हो । फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री सुहाना थापा देखिनेछिन् ।

छायांकनपूर्व एक साता जानकी मन्दिर क्षेत्रमा कलाकारहरुले रिहर्सल गरेका थिए । सुनिल कुमार थापाको निर्माण रहने फिल्ममा विपिन कार्की, अनुराग कुँवर, कबीर खड्काको पनि अभिनय रहनेछ । जनकपुरपछि फिल्मको छायांकन काठमाडौँ र मनाङमा हुने निर्माता थापाले जानकारी दिए । सुटिङमा निस्किन ढिलाई हुँदा बैशाख १ गतेलाई तोकिएको फिल्मको प्रदर्शन अब टरेको छ ।

 

bagwat geeta movie


सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायाँकारमा संजय लामा छन् । फिल्ममा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी र साहिल खानको सम्पादन रहनेछ । सुहाना प्रमुख रहेको वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यका बाहिर र काव्या फिल्म्सले काठमाडौंमा फिल्मको वितरण गर्नेछन् ।