Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मनसँग मन’ र ‘आँधी तुफान २’ले टार्लान् व्यापारिक खडेरी ?

फिल्मीखबर, काठमाडौं, 2023/02/10

man sagha man and aadhi tufan 2 movies

 

गत कात्तिकमा प्रदर्शित फिल्म ‘महापुरुष’ पश्चात् नेपाली फिल्मको बजार सुस्ताएको छ । मंसिरदेखि माघ दोस्रो सातासम्म प्रदर्शन भएका आशातित फिल्महरुले समेत कमजोर व्यापार गरे । बर, यो बीचमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ र बलिउड फिल्म ‘पठान’ले करोडौं छापे । घरेलू फिल्म घरेलू बजारमै पिटिरहँदा अब सञ्जीवनी बुटी सावित हुने फिल्मको पखाई भैरहेको छ ।

यसबीच, शुक्रबारबाट दुई फिल्म ‘मनसँग मन’ र ‘आँधी तुफान २’ले प्रदर्शन थालेका छन् । ‘मनसँग मन’मा चलेका कलाकारहरुको अभिनय र ‘आँधी तुफान २’ हिट फिल्मको सिरिज भएकाले यी दुई फिल्मले कस्तो व्यापार गर्छन् भन्ने चासो धेरैलाई छ । तर, दुवै फिल्मको कमजोर पब्लिसिटी र प्रचार सामाग्रीप्रति दर्शकले उत्ति चासो नदेखाएका कारण व्यापारिक अपेक्षा ठूलो राखिएको छैन ।

कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’मा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झागायतको अभिनय छ । पल शाह र पूजा शर्माले एक गीतमा नृत्य गरेका छन् । यस वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ नचलेका कारण पुष्पलाई यो फिल्म सफल हुनुपर्ने दबाव छ । यस हिसाबमा उनका लागि ‘मनसँग मन’ अग्नि परिक्षा हो ।

त्यस्तै, मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधी तुफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय छ । मदन घिमिरेद्वारा निर्देशित यो फिल्मले महिला सशक्तिकरणको विषय उठान गरेको छ ।