Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘कामिनो’का लागि प्रदीपले गरे भारतको मन्दिरमा पूजाआजा

फिल्मीखबर, काठमाडौं, 2023/02/09

माघ पहिलो साता सुपरस्टार प्रदीप खड्काले नयाँ फिल्म ‘कामिनो’का लागि सम्झौता गरेका थिए । निर्माण टिमले फिल्ममा उनको मुख्य भूमिका रहने जानकारी गराउँदै माघ ११ गते फिल्मको थिम पोस्टर समेत सार्वजनिक गर्‍यो । तर, प्रदीपले हिजो बुधबारसम्म न फिल्ममा आफू भित्रिएको जानकारी गराएका थिए न पोस्टर शेयर गरेका थिए । जसले गर्दा निर्माण टिम सशंकित बनेको थियो ।

तर, बिहीबार उनले भारतको प्रसिद्ध नासिक त्रयम्बकेश्वर मन्दिरमा पूजाआजापछि इन्स्टाग्राममा फिल्मको पोस्टर शेयर गर्दै आफूले काम गर्न लागेको जानकारी गराएका छन् । उनले फिल्मका लागि पूजाआजा गरेको बताइएको छ । प्रदीपले इन्स्टाग्राम स्टोरीमा शेयर गरेको भिडियो क्लिप्समा उनी सेतो धोती र गम्छा भिरेर पण्डितको मन्त्रअनुसार अग्निको अगाडि पूजा गर्दै देखिएका छन् ।

 

pradeep khadka


उनले फिल्मको पोस्टर शेयर गर्दै आफूले लामो यात्रा तय गर्न लागेको र सधैं झैं सबैको नैतिक सहयोगको अपेक्षा राखेको उल्लेख गरेका छन् । उनी विगत दुई सातादेखि भारतमा छन् । बलिउड प्रवेशका लागि दौडधुप गरिरहेका उनले आगामी चैत अन्तिमबाट ‘कामिनो’को छायांकन सुरु गर्नेछन् । फिल्ममा उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहने सम्भावना प्रवल छ ।

‘कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्मको पटकथा/संवाद महेश दवाडीले लेखेका हुन् । सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्ममा सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको गीतमा संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । ‘कामिनो’मा पूर्ण लामा क्रियटिभ डाइरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् ।