Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा आजसम्म नदेखेको फेमिली ड्रामा हो ‘फूलबारी’ : विपिन कार्की

फिल्मीखबर, काठमाडौं, 2023/02/07

स्टोरी बोर्डको प्रश्नमा हड्बडिएका विपिन

 

अभिनयमा प्रमाणित अभिनेता विपिन कार्कीको यो वर्षका लागि दोस्रो फिल्म ‘फूलबारी’ आगामी फागुन ५ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनले पाको उमेरको पुरुषको भूमिका निर्वाह गरेका छन् । हुन त यसअघि उनले फिल्म ‘हरि’मा पनि आफ्नो उमेरभन्दा झन्डै दोब्बर बढी देखिने चरित्र निभाएका थिए । यसपटक विपिनको चरित्र चित्रण फरक रुपमा गरिएको ट्रेलर हेर्दा बुझ्न सकिन्छ ।

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङसँग पहिलो पटक सहकार्य गरेका उनी ‘फूलबारी’लाई नेपालमा आजसम्म नदेखेको फेमिली ड्रामा भन्न रुचाउँछन् । मोफसल टूरको क्रममा उनले भनेका छन्, ‘यो स्तरीय फेमिली ड्रामा हो । पहिला देखिरहेकै जस्तो नहोस् भनेर हामीले आफ्नो अनुभवलाई पनि मिसाएका छौं । यसैले नेपालमा आजसम्म नदेखेको फेमिली ड्रामाको महसुस दर्शकले गर्नुहुनेछ ।’

फिल्ममा आफूले ‘रिटायर्ड’ शिक्षकको भूमिका निर्वाह गरेको र त्यही चरित्रको वरिपरि नै कथा घुमेको उनको भनाई छ । ‘रिटायर्ड’ मान्छेलाई केन्द्रीय पात्र बनाएर त्यति फिल्म बन्ने नगरेको बताउँदै उनले फिल्मको कथामा सबैले ‘रिलेट’ गर्न सक्ने विश्वास व्यक्त गरे । फिल्ममा चक्मा दिने खालको कुरा नभएको प्रष्ट पार्दै विपिनले परिवारभित्र सुक्ष्म कुराले ल्याउने द्वन्द्वलाई प्रस्तुत गरिएको बताए ।

त्यस्तै, फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले ‘कबड्डी’भन्दा ‘फूलबारी’ फरक रहेको दाबी गरेका छन् । ‘फरक जनराको फिल्ममा दर्शक पनि फरक हुने रहेछन् । ‘फूलबारी’ फेमिली ड्रामा हो । हाम्रो जनरा हेरिराख्ने दर्शकभन्दा फरक आउनुहुन्छ भन्ने अपेक्षा छ । किनकि, रामबाबु गुरुङले बनाएको फिल्मलाई कमेडी भन्ने गरिन्छ । तर, यो फिल्म त्योभन्दा फरक नै छ,’ उनले भने ।