Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख १ मा ‘बुलाकी’ पनि थपियो

फिल्मीखबर, काठमाडौं, 2023/02/05

bulaki movie

 

आगामी नयाँ वर्ष अर्थात् २०८० सालको बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्न यतिबेला निर्माताहरुबीच हानाथाप चलिरहेको छ । ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ गरी पाँच फिल्मले बैशाख १ गतेको मिति निश्चित गरिसकेको अवस्थामा अब फिल्म ‘बुलाकी’ पनि थपिएको छ । आइतबार एक पोस्टरमार्फत् नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

यसअघि यो फिल्म कात्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिना पछाडि सर्दै बैशाख १ मा आउन लागेको हो । यही माघ २७ गते शुक्रबार टिजर रिलिज गर्ने तयारीमा निर्माण टिम छ । यो फिल्मले चर्चाका खातिर बैशाख १ रोजेको हो वा भिड्ने मनसाय नै बनाएको हो, त्यो बुझ्न गाह्रो छ ।

लक्ष्मण सुनारको निर्देशन बनेको फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री आदिको अभिनय छ । स्वं. मोति बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् । फिल्मको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सघाएका छन् । गीतमा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल, सुविन सेन्चुरी र बादल थापाको संगीत रहेको फिल्मलाई त्रिनेत्रम डिस्ट्रिब्युसन र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् ।