Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जय हो’मा सलोनको जोडी बन्दै केकी

फिल्मीखबर, काठमाडौं, 2023/02/05

keki adhikari

 

‘मिलन’ फेम्ड निर्देशक टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । आइतबार आफ्नो जन्मदिनको अवसरमा प्रस्तुतकर्ता शोभित बस्नेतले केकीसँग लिखित सम्झौता गरेका हुन् । अब फिल्ममा उनको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिनेछ । अघिल्लो महिना मात्र केकीले फिल्म ‘प्रसाद २’को छायांकन सकाएकी थिइन् ।

आगामी फागुन २५ गतेबाट छायांकन सुरु हुने फिल्ममा अर्पण थापा र माओत्से गुरुङको पनि मुख्य भूमिका रहनेछ । पर्यटकीय क्षेत्र मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन हुने फिल्मको कथा सुरेश न्यौपानेले तयार पारेका हुन् । कमेडी, एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मलाई आगामी दशैं छेकोमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।

सौरभ लामाले छायांकन गर्ने फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको गीतमा संगीत रहनेछ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । ‘जय हो’का लागि सलोनले अनुबन्धित फिल्म ‘ह्रस्व दीर्घ’ समेत छाडेका छन् ।