Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हेल्लो जिन्दगी’ले जित्यो ८ वटा अन्तर्राष्ट्रिय अवार्ड

फिल्मीखबर, काठमाडौं, 2023/02/05

hello jindagi

 

गत चैतमा प्रदर्शनमा आएको एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित तथा विक्रम डि जोशीद्वारा निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको छ । नेपालमा सार्वजनिक प्रदर्शनी पश्चात् विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागिता जनाएको फिल्मले अहिलेसम्म ८ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको निर्देशक बोहराले जानकारी दिएका छन् ।

भारतको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभल, रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डस्, ब्ल्याक स्वान इन्टरनेशनल फिल्म फेस्टिभल, गोल्डेन फर्न फिल्म अवार्डस्, जयसालमेर इन्टरनेशनल फिल्म फेस्टिभलसँगै फिल्मले सिंगापुरको वर्ल्ड फिल्म कार्निभल, अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न सन जोस इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ ।

निर्माता जोशीले एलए फेस्टिभल सिनेमा लस एन्जेलस, लण्डन इन्डिपेन्टेन्ट फिल्म फेस्टिभल, क्यान्स फिल्म अवार्डस्, डुब्लिन मुभी अवार्ड तथा लण्डन इन्टरनेशनल सर्ट फिल्म फेस्टिभललगायतका अन्य अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा समेत फिल्म प्रतिस्पर्धी रहेको जानकारी दिए । निर्देशक बोहरा आफूहरुको मिहिनेतले अन्तर्राष्ट्रियस्तरमा सम्मान पाउँदा हौसला र उत्साह मिलेको बताउँछन् ।

 

hello jindagi



विक्रमसँगै फिल्ममा प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सन बिक्रम राई, सविता गुरुङलगायतको मुख्य भूमिका छ । निर्देशक बोहराकै कथा, पटकथा तथा गीत लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । ‘हेल्लो जिन्दगी’ले व्यवसायिक सफलता हासिल नगरे पनि निर्माता जोशी चाँडै नयाँ फिल्म निर्माण गर्दैछन् ।