Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फूलबारी’मा विपिनलाई भएको थियो क्यारेक्टरमा चुनौती महसूस

फिल्मीखबर, काठमाडौं, 2023/02/04

bipin karki and priyanka karki

 

फरक चरित्र छनोट र अभिनयमा फरकपन ल्याउने गरेका अभिनेता विपिन कार्कीले आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फूलबारी’मा आफ्नो उमेरभन्दा झन्डै दोब्बर बढी पाको उमेरको पुरुषको भूमिका निर्वाह गरेका छन् । यो भूमिका निर्वाह गर्न चुनौती महसूस भएको उनको अनुभव छ । तर, नयाँखालको रोल गर्न आफूलाई सधैं मन लाग्ने गरेको उनी बताउँछन् ।

मोफसल भ्रमणमा रहेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘म नयाँ रोल गर्न रुचाउने मान्छे हुँ । यसमा मैले क्यारेक्टरमा अलि चुनौती महसूस पनि गरेको हो । म आफू जे हो, त्योभन्दा केही वर्ष पछाडि गएर त्यो क्यारेक्टर निर्माण गरिएको छ । सेवा निवृत्त शिक्षकको भूमिका निभाएको छु । यो परिवारिक कथामा बनेको फिल्म हो । हरेक परिवारभित्रको कथा बोल्छ ।’

त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले पनि परिवारभित्रको कथामा फिल्म बनेको बताएकी छन् । उनले भनेकी छन्, ‘एउटा परिवारको कथामा बनेको फिल्म हो, जसको सदस्यको रुपमा हामीलाई देख्न पाउनुहुनेछ । जसमा परिवारको भोगाइ, दुःख-सुःख, उतारचढाव छ ।’ एउटा परिवारको यात्रामा फिल्म बनेकाले कति ठाउँमा दर्शकलाई आफ्नो जीवनसँग मिल्दोजुल्दो लाग्ने प्रियंकाको भनाई छ ।

फिल्मले कति पार्टमा हँसाउने र कति पार्टमा रुवाउने भएकाले यस्तो कथावस्तु दर्शकले रुचाउने उनको विश्वास छ । गत बैशाखमा रिलिज भएको ‘लक्का जवान’ र पुषमा रिलिज भएको ‘चि मुसी चि’को असफलता हच्किएकी उनका लागि ‘फूलबारी’ सफल हुन जरुरी छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको ‘फूलबारी’मा उनले बुहारीको भूमिका निर्वाह गरेकी छन् ।