Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गौरव र नम्रताले सुरु गरे ‘नम्बरी सुन’को छायांकन

काठमाडौं, काठमाडौं, 2023/02/03

gaurab pahari and namrata sapkota

 

राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’को छायांकन सुरु भएको छ । शुक्रबार श्रीकाली चौरस्थित मन्दिरमा पुजाआजा गर्दै एक गीतबाट फिल्मको छायांकन सुरु गरिएको हो । गीत छायांकनका लागि ठूलो खर्चमा सेट तयार पारिएको छ । फिल्मका मुख्य अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा फिचरिङ हुने गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् ।

नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने फिल्ममा सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायतको पनि अभिनय रहनेछ ।

फिल्ममा काजल गिरी, कंगना गिरी, विमर्ष कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायत बाल कलाकारमा छन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

 

gaurab pahari and namrata sapkota


‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ भने मुख्य सहायक निर्देशनमा जीवन गौतम छन् । अनिष अधिकारी प्रोडक्सन म्यानेजर रहेको फिल्मको लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन हुनेछ ।