Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’मा नरेनदेखि आदर्शसम्मको प्रवेश, सलोन बाहिरिए

फिल्मीखबर, काठमाडौं, 2023/02/02

naren khadka and adharsha mishra

 

द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा कलाकार प्रवेशको शिलशिला रोकिएको छैन । साउथका ब्रह्मानन्दमदेखि अभिनेत्री विपना थापासम्म अनुबन्धित भैसकेको फिल्ममा थप चार जना कलाकारको प्रवेश भएको छ । फिल्मका लागि अभिनेता नरेन खड्का, कमेडियन आदर्श मिश्रा, लक्ष्मी पौडेल, वसिम राजासँग निर्माण टिमले सम्झौता गरेको हो ।

स्ट्यान्ड-अप कमेडियन आदर्शले ‘ह्रस्व दीर्घ’बाट फिल्ममा डेब्यू गर्न लागेका हुन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा उनको रोचक प्रस्तुतीको निकै प्रशंसा भएको थियो । फिल्ममा चार जना कलाकारको प्रवेश हुँदा यसअघि नै सम्झौता भैसकेका अभिनेता सलोन बस्नेत भने बाहिरिएका छन् । होम प्रोडक्सनको फिल्म ‘जय हो’सँग सेड्युल जुध्न भएपछि सलोनले ‘ह्रस्व दीर्घ’ छाडेका हुन् ।

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहनेछ । केही दिनदेखि मुम्बईमा वर्कसप चलिरहेको छ । अहिले हरिहर र नीतासहित अन्य कलाकारहरु मुम्बईमा छन् । माघ अन्तिम साताबाट भारतको हैदराबादस्थित संसारकै सबैभन्दा ठूलो रामोजी स्टुडियोमा फिल्मको छायांकन सुरु हुँदैछ । भारतपछि नेपालमा छायांकन हुनेछ ।

बलिउडका कवीरलालको छायांकन रहने यो फिल्ममा गरिमा शर्मा, सरोज खनाल, रविन्द्र झाका साथै साउथ फिल्मबाट ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र अली पनि अनुबन्धित भइसकेका छन् । नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्मलाई नेपाल तथा भारतका सिनेमा हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा नीता र हरिहर छन् ।