Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

साउथ बक्सअफिसमा ‘पठान’को विजोग

एजेन्सी, मुम्बई, 2023/02/02

Pathan Movie Trailer Shah Rukh Khan, Deepika Padukone, film Trailer Release  Date, Box office prediction, Songs

 

कुनै समय यस्तो थियो, साउथ फिल्मको हिन्दी डब मानिसहरु टेलिभिजनमा र युट्युबमा हेर्ने गर्थे । तर, अब समय बदलिएको छ । भारतीय दर्शकले केही वर्षयता बलिउडभन्दा साउथ फिल्मलाई बढी प्राथमिकता दिने गरेका छन् । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’, ‘पोन्निन सेल्वान’ जस्ता फिल्मले हिन्दी बेल्टमा गरेको कमाईले पनि साउथ फिल्मको बढ्दो दबदबालाई बुझाउँछ ।

बलिउडको वर्चश्व मानिने क्षेत्रहरुमा साउथ फिल्मको हिन्दी डबले आक्रामक कमाई गरिरहेको अवस्थामा अघिल्लो साता प्रदर्शनमा आएको बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘पठान’ले साउथ भर्सनमा चाहिँ कस्तो कमाई गरिरहेको छ त ? धेरैलाई चासोको विषय हुन सक्छ । प्रदर्शनको दिनदेखि हिन्दी भर्सनमा सानदार कमाई गरिरहेको यो फिल्म साउथ भर्सनमा कमजोर छ ।

‘पठान’ले साउथ इन्डियन बक्सअफिसमा राम्रो ओपनिङ गरेको थियो । तर, जुन क्रेज नर्थमा साउथ फिल्मलाई लिएर देखिने गर्थ्यो, त्यसमा भने ‘पठान’ चुकेको छ । साउथ सुपरस्टार थलपति विजय अभिनीत फिल्म ‘वरिसु’ र अजित कुमार स्टारर फिल्म ‘थुनिवु’का कारण न्यून स्क्रिन पाएको शाहरुखको फिल्मले प्रदर्शनको ८ दिनमा साउथ बक्सअफिसमा १२ करोड ५० लाख कमाई गरेको छ ।

‘पठान’ साउथ बक्सअफिसमा कमजोर देखिनुको एउटा महत्त्वपूर्ण कारण यो फिल्म पेन इन्डिया होइन । साउथको तमिल र तेलुगू भाषामा डब गरिएको हो । यो हिसाबमा कमाईको आँकडा ‘केजीएफ’, ‘बाहुबली’, ‘आरआरआर’ जस्ता पेन इन्डिया फिल्मभन्दा कम हुनु सामान्य मानिएको छ । हिन्दी भर्सनमा यो फिल्मले ८ दिनमा भारतमा मात्रै ३ सय ३६ करोडको कमाई गरिसकेको छ ।