Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकराज र सेन : ‘प्रेमगीत ३’को बेला तित्तता, अहिले तारिफ

फिल्मीखबर, काठमाडौं, 2023/01/29

फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबको प्रदर्शनको विषयमा विवाद चुलिँदा फिल्म क्षेत्र दुई कित्तामा विभाजित भएको थियो । फिल्मको समर्थनमा बोल्ने जति निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काका प्यारा भए । जसले समर्थनमा नबोलेर सुझाव दिन्थे, उनीहरुलाई सेन र खड्का गाली गरिहाल्थे । त्यसबेला उनीहरुले झरना थापा, भुवन केसी, सरोज खनालसम्मलाई छाडेनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’को हिन्दी डब रिलिज गर्न नदिने नियत देखाएको भन्दै प्रदीपले अग्रजको सम्मान समेत नगरी असंयमित अभिव्यक्ति दिएका थिए । र, एक अन्तर्वार्तामा सरोज खनालले अग्रजप्रति सम्मानभाव राखेर बोल्न प्रदीपलाई सुझाव दिँदा सेनले अमेरिकामा लुक्नेबाहेक फिल्म क्षेत्रमा खनालको योगदान नभएको भन्दै तुच्छ टिप्पणी गरेका छन् ।  

 

santos sen and deepakraj giri


फिल्मको टिमले एकपछि अर्को कलाकारलाई गाली गर्न थालेपछि दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सामान्य दर्शकलाई उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो भनेर सेनमाथि प्रश्न गरेका थिए । हिन्दी भाषाकोमा कर तिर्न समेत उनको सुझाव थियो । त्यसबेला गिरीमाथि कुनै टिप्पणी नगरेका सेनले आफ्नो विपक्षको सूचिमा उनलाई पनि राखेका थिए ।

त्यतिबेला कसैले सोचेका थिएनन्, दुश्मनी सम्बन्ध बनाएका उनीहरु भविष्यमा कुममा कुम जोड्दै पनि देखिनेछन् । तर, भनिन्छ नि, ‘राजनीति र फिल्म क्षेत्रमा न कोही स्थायी शत्रु न कोही स्थायी मित्र हुन्छ ।’ केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच जसरी सत्ताका लागि दुश्मनी भुलेर रातारात पुनर्मिलन भयो, त्यसरी नै आइतबार दीपकराज र सन्तोषबीच पनि मिलन भएको छ ।

उनीहरुको मिलन पनि यसरी भएको छ कि दुवै एकअर्काको प्रशंसामा नथाक्ने अवस्थामा पुगेका छन् । सेनले भेटघाटको दुईवटा तस्बिर फेसबुकमा साझेदार गर्दै समाजको घटना परिघटनालाई टपक्क टिपेर सानो समाज निर्माण गरी आम दर्शकलाई हिट गर्न सफल व्यक्तित्व, कला, मनोरञ्जनसँगै फिल्मलाई व्यापारिक बनाउन खप्पिस भन्दै गिरीको प्रशंसामा खुलेर शब्द खर्चिएका छन् ।

 

santos sen and deepakraj giri


फिल्मको योजना र संगठित हुँदाको प्रतिफल र दर्शकलाई कलामार्फत् दिन सकिने योगदानको विषयमा छलफल भएको निर्माता सेनले उल्लेख गरेका छन् । दीपकराजसँग फिल्ममा सहकार्यको सम्भावना रहेको उनको आशय छ । उनको पोस्टमा दीपकराजले पनि सेनको प्रशंसामा शब्द खर्चेका छन् । सबैले फिल्मलाई मार्केटिङ र ब्रान्डिङ गर्न सन्तोष सेनबाट सिक्नुपर्ने उनको भनाई छ ।