Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसलमा दर्शक रिझाउँदै विपिनदेखि प्रियंकासम्म

फिल्मीखबर, काठमाडौं, 2023/01/29

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टारर फिल्म ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मको टिमले ‘कलेज क्याम्पियन’, ‘पब्लिक इभेन्ट’ र ‘मिट एण्ड ग्रिट’ जस्ता प्रमोसन कार्यक्रममार्फत् दर्शक भेट्ने छ । गत शुक्रबारदेखि बुटवलबाट सुरु भएको मोफसल प्रचार अभियान माघ २१ गतेसम्म चल्नेछ ।

 

foolbari movie


पोखरा, चितवन, इटहरी र विर्तामोडसम्म हुने प्रचारमा कलाकारहरु प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत सहभागी छन् । गत शुक्रबार बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजोन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले ‘माया रैछ र त’ गीत गाएर फिल्मको टिमलाई स्वागत गरेका थिए ।

 

foolbari movie (3)


बुटवलस्थित गोलपार्कमा कलाकारले दर्शकहरुसँग पनि अन्तरक्रिया गरे । कार्यक्रमको सुरुवातमा कालीले ‘पारी त्यो डाँडा’, ‘जैले रिसाउने’ र फिल्मको गीत ‘माया रहेछ र’ सुनाएका थिए । कलेज र सार्वजनिक स्थानमा भएको कार्यक्रममा पाँच हजार बढी दर्शक उपस्थित थिए । फिल्म युनिटले आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।

 

foolbari movie (3)


अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलगायतको पनि फिल्ममा अभिनय छ । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा/संवाद उपेन्द्र सुब्बाले लेखेका हुन् ।