Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शुभ विवाह’ निर्देशन गर्दै आसिफ, निश्चल र स्वस्तिमाको जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2023/01/29

Asif Shah and nischal-swostima

 

फिल्म ‘कर्कस’बाट निर्देशकिय यात्रा सुरु गरेका अभिनेता, मोडल तथा उद्घोषक आसिफ शाहले ९ वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । उनको निर्देशनमा ‘शुभ विवाह’ बन्न लागेको हो । लकडाउनभन्दा अगावै घोषणा गरिएको फिल्म ‘डामाडोल’लाई पछाडि सार्दै उनले नयाँ फिल्मलाई अगाडि सारेका हुन् । कमेडी जनरामा बन्ने फिल्मलाई जी-ट्वान्टीवान प्रोडक्सनले निर्माण गर्नेछ ।

यस फिल्ममा निर्देशक शाह स्वयंको अभिनय रहनेछ । अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको पनि मुख्य भूमिका रहने जानकारी प्राप्त छ । तर, दुवैसँग निर्माण टिमको सम्झौता भैसकेको छैन । यसअघि जी-ट्वान्टीवान प्रोडक्सनले निर्माण गरेको सुपरहिट फिल्म ‘दुई रुपैयाँ’मा पनि निश्चलको मुख्य भूमिका र स्वस्तिमाले ‘कुटुमा कुटु’ गीतमा नृत्य गरेकी थिइन् ।

विवाहको कथावस्तुमाथि निर्माण हुन लागेको फिल्मको अर्को वर्षको जेठबाट सुरु गर्ने सोचमा आसिफ छन् । यसपछि ‘डामाडोल’ निर्माण गरिने उनको भनाई छ । यो फिल्मलाई पनि आसिफले निर्देशन गर्न सक्नेछन् । पहिला उनका दाई असिम शाहले निर्देशन गर्ने चर्चा थियो । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकाले अब निर्देशक आसिफले नै गर्ने बताइएको छ ।

यसअघि ‘शुभ विवाह’ नाममा फिल्म बनाउन निर्देशकद्वय हेमराज विसी र सुरेन्द्र पौडेल अगाडि सरेका थिए । हेमराजले त प्रदीप खड्का र साम्राज्ञी आरएल शाहसँग सम्झौता समेत गरिसकेका छन् । पछि उनले फिल्म नबनाउने भएपछि सुरेन्द्रले प्रदीपलाई नै लिएर ‘शुभ विवाह’ नाममा फिल्म बनाउन प्रयास गरे । तर, उनी पनि सफल हुन सकेनन् । अब यो शीर्षक शाहले लिएका छन् ।