Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.67/5.00)
Text size:-
+
-

‘छड्के २’ टिजर रिलिज, अनमोलको हिंसात्मक चरित्र

फिल्मीखबर, काठमाडौं, 2023/01/27

anmol kc

 

सुपरस्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षीत फिल्म ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक १ मिनेट ४६ सेकेन्ड लम्बाईको टिजरमा यार्सा गुम्बा र स्याउको व्यापारमा आफ्नो पकड बनाउन खोज्ने तीन ग्याङबीचको द्वन्द्वलाई रोचक शैलीमा देखाइएको छ । टिजरमा अनमोलको ग्याङस्टर लुक्सले ‘सरप्राइज’ बनाउँछ । उनी हिंसात्मक चरित्रमा प्रस्तुत छन् ।

‘मेनडग’ पात्रको भूमिकामा रहेका अनमोल ‘ग्रीन ग्याङ’को नाइकेको रुपमा चित्रित छन् । टिजरमा ब्याकग्राउन्ड म्यूजिकको काम प्रशंसनीय छ । र, पात्रहरुको लुक्सले रोमान्चकता पैदा गर्छ । आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जगाउन सक्ने क्षमता भने टिजरमा देखिन्छ ।

काभ्रे फिल्म्सको ब्यानरमा मेधा प्रोडक्सन तथा निर्भाना फिल्म स्कुलले निर्माणमा सहकार्य गरेको फिल्ममा रोविन तामाङ, सिर्जना सुब्बा, कमलमणि नेपाल, रेशा आले मगर, देवकुमार श्रेष्ठ, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

राज कुमार उप्रेतीको द्वन्द्व निर्देशन रहेको फिल्ममा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेश बज्रचार्यको सम्पादन, कपिल पराजुलीको रंग संयोजन, मनोज श्रेष्ठको भिएफएक्स रहेको छ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने फिल्मको छायांकन चितवन र मुस्ताङमा भएको हो । फागुन १९ गते यो फिल्मको भिडन्त ‘छक्का पञ्जा ४’सँग हुँदैछ ।