Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्स ९’को निर्माण अन्योल, तर नीति सिक्दैछिन् अभिनय

फिल्मीखबर, काठमाडौं, 2023/01/27

niti shah

 

अभिनेत्रीको रुपमा डेब्यू नगर्दै नीति शाहको नेपाली फिल्ममा राम्रो डिमान्ड छ । उनीमाथि ठूला ब्यानरको समेत नजर परेको छ । लामो समय फिल्मको अफर नकार्दै आएकी उनले लकडाउनको समयमा फिल्म ‘हुतुत’ साइन गरेकी थिइन् । तर, यो फिल्मको काम नाम जस्तो अगाडि बढ्न सकेन । र, उनले यसै वर्ष अनमोल केसीसँग स्क्रिन शेयर गर्ने गरी फिल्म ‘एक्स ९’ सम्झौता गरिन् ।

तर, फिल्मको निर्माण ढिलाई भएको भन्दै अनमोलले यसै साता निर्मातालाई पेश्की रकम फिर्ता गर्दै काम नगर्ने निर्णय गरे । जसले नीतिलाई समेत धक्का पुगेको छ । उनी पहिलो फिल्ममा अनमोलसँग काम गरेर आफ्नो करिअरको सुरक्षित उडान भर्न चाहन्थिन् । अब ‘एक्स ९’मा नायक प्रदीप खड्काको प्रवेश हुने सम्भावना छ । प्रदीपसँग पनि फिल्ममा काम गर्ने शाहको एउटा सपना हो ।

सम्झौता गरेका दुवै फिल्मको निर्माण अन्योल भए पनि नीतिले भने अभिनय सिक्न थालेकी छन् । उनले एक महिनादेखि रंगकर्मी तथा निर्देशक अनुप बरालबाट ‘एक्टर्स स्टुडियो’मा अभिनय सिकिरहेकी छन् । अनुपले अनमोलदेखि प्रदीपसम्मलाई अभिनय सिकाइसकेका छन् । बिहीबार एक कार्यक्रमको शिलशिलामा भेटिएका बरालले नीतिमा आफूले राम्रो सम्भावना देखेको बताए ।

उनले भने- ‘उहाँमा ‘ग्रोथ’ हुँदैछ । केही कुराहरुमा अलि डराउनु हुन्छ, नभए बाँकी ठीक छ । शहरी भूमिकामा फिट देखिनुहुन्छ । अझै दुई महिनाको समय बाँकी रहेकाले राम्रो परिवर्तन हुन्छ भन्ने लाग्छ । अभिनयप्रति उहाँ गम्भीर हुनुहुन्छ ।’ नीतिले तीन महिना अनुप बरालबाट अभिनयको कक्षा लिनेछिन् । अभिनय सिक्न थालेपछि उनले नियमित रुपमा नाटक समेत हेर्दै आइरहेकी छन् ।