.jpg)
भगवान् शिवकी पत्नी सति देवीको नामबाट लक्ष्मण सुवेदीले आफ्नो नयाँ फिल्मको नाम जुराएका छन् । यही माघ १० गते चलचित्र विकास बोर्डबाट उनले ‘सती देवी’ नाममा फिल्मको निर्माण इजाजत लिएका हुन् । सत्य युगमा दक्ष प्रजापतीकी छोरी सती देवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन् । सती शब्द शक्ति नामको अपभ्रंश रूप हो । शक्तिको अर्को नाम सती हो ।
फिल्ममा अभिनेत्री मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् । फागुन तेस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटाको पनि अभिनय रहनेछ । बाँकी कलाकार चाँडै छनोट गरिने निर्देशक सुवेदीले जानकारी दिए । दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा फिल्म बन्न लागेको हो ।
फिल्ममा निर्देशक सुवेदीको कथा, पटकथा तथा संवाद छ भने गीतकार पनि उनी नै हुन् । फिल्मको प्रायः छायांकन गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारीमा लक्ष्मण छन् । महिला प्रधान फिल्ममा मलिकाको भूमिका शक्तिशाली रहेको उनले बताए । लामो समय चलचित्र पत्रकारितामा कमल चलाएका उनले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ फिल्मको निर्देशन गरेका थिए ।

