Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.67/5.00)
Text size:-
+
-

‘गुलाबी’मा नाजिर ‘ट्रान्सवुमन’

फिल्मीखबर, काठमाडौं, 2023/01/26

najir husen - gulabi

 

महिला निर्देशक समुन्द्र भट्टद्वारा निर्देशित फिल्म ‘गुलाबी : एक रंग’मा अभिनेता नाजिर हुसेनले पहिलो पटक ट्रान्सवुमन (पारलिंगी महिला)को भूमिका निर्वाह गरेका छन् । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा उनी ट्रान्सवुमनको रुपमा चित्रित छन् । उनको लुक्सले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ । यसमा उनी टाइटल क्यारेक्टरमा छन् ।

‘गुलाबी’मा सञ्चिता लुईंटेल, सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको पनि अभिनय छ । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्ममा आलोक शुक्लाको छायांकन छ भने सम्राट बस्नेत द्वन्द्व निर्देशन रहेको छ ।

सार्वजनिक फर्स्टलुक पोस्टरमा प्रदर्शन मिति भने उल्लेख छैन । यो फिल्म अर्को वर्ष प्रदर्शन आउन सक्नेछ । फिल्मलाई अभिनेत्री सुहाना थापाको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले वितरणको जिम्मा लिएको छ । क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन पढेकी निर्देशक भट्टले फिल्म ‘आधा पेज’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । केही वर्षको अन्तरालपछि भट्ट निर्देशनमा फर्किएकी हुन् ।