Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जितुप्रति साम्राज्ञीको प्रेम बोल्ने ‘ह्यारी कि प्यारी’ गीत

फिल्मीखबर, काठमाडौं, 2023/01/25

Samragyee RL Shah, Jitu Nepal

 

यही माघ २० गतेबाट प्रदर्शन हुन लागेको डा. कपिल रिजालको डेब्यू निर्देशित रोमान्टिक-कमेडी फिल्म ‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘धरहरा हल्लियो’ गीतपछि बुधबार ‘मीठो मीठो’ बोलको प्रेमयुक्त गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा युग भुषालको संगीत, निर्देशक रिजालको शब्द रचना छ भने सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ ।

गीतमा फिल्मका कलाकारद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल फिचरिङ छन् । उनीहरुको प्रेम बोल्ने गीतमार्फत् फिल्ममा साम्राज्ञीले निर्वाह गरेको भूमिका समेत खुलाइएको छ । गीतको अन्तिम सिनमा उनी डाक्टरको पोशाकमा देखिएकी छन् । आफ्नो स्वार्थका लागि जितुसँग बिहे गरेकी उनी विस्तारै मायामा डुब्दै गएको गीतमार्फत् देखाइएको छ । गीतको अडियो पक्ष बलियो छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा साम्राज्ञी र जितुका अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।

फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेको यो फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।