Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के ‘बागवान’बाट प्रभावित छ ‘फूलबारी’ ?

फिल्मीखबर, काठमाडौं, 2023/01/25

विदेशी फिल्मको कथा तोडमोड वा दुरुस्तै उतारेर नेपाली फिल्म बन्न गरेको आरोप लाग्ने गर्छ । यसका ताजा उदाहरण ‘कोहलपुर एक्सप्रेस’, ‘लभ स्टेशन’ भैहाले । रिल प्रविधिबाट फिल्म खिच्ने र हलमा देखाइने जमानामा त झन् बलिउड फिल्मको नेपाली रिमेक नै बन्ने गर्थे, विना राइट्सका । डिजिटल युगसँगै विदेशी फिल्मको नक्कल गरेर फिल्म बन्ने क्रम धेरै हदसम्म रोकिएको अवस्था छ ।

 

nepali movie fulbari and bagbhan


दर्शकले संसारभरका कुनै पनि फिल्म हेर्न बाँकी राखेका छैनन् । मेकरभन्दा दर्शक बाठा भैसकेका छन् । भाषा नै नबुझ्ने फिल्मको कथा चोरे पनि दर्शकले पकड्छन् । तथापि, कन्सेप्ट कहिँ कतै मिल्दोजुल्दो भने देखिन सक्छ । एकै अनुहारका त विश्वमा सातजना मानिस हुन सक्छन् भने फिल्मको कन्सेप्ट मिल्दोजुल्दो देखिनु सामान्य हो । तर, हुबहु कथा नै चोर्नु चाहिँ दर्शकमाथि अन्याय हो ।

आगामी फागुन ५ गतेबाट प्रदर्शन हुन लागेको ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को मंगलबार सार्वजनिक ट्रेलर हेरेपछि सन् २००३ को सफल बलिउड फिल्म ‘बागवान’बाट प्रभावित रहेको टिप्पणी भइरहेको छ । युट्युबमा ट्रेलरको कमेन्ट बक्समा पनि केहीले ‘बागवान’को महसूस भएको उल्लेख गरेका छन् । धेरैजसोले भने प्रशंसामै शब्द खर्चेका छन् ।

रवि चोपडा निर्देशित तथा अमिताभ बच्चन, हेमा मालिनी, सलमान खानलगायतको अभिनय रहेको ‘बागवान’मा छोराहरुको खुट्टा टेकाउन सर्वस्व सकाउने बुबा-आमा बुढेसकालमा तिनै सन्तान र बुहारीबाट अपहेलित हुनुपर्दाको दुःखान्त कथा छ । ‘फूलबारी’को ट्रेलर हेर्दा पनि फिल्मको कथा यही नै देखिन्छ । जसले गर्दा ‘बागवान’बाट फिल्म प्रभावित रहेको टिप्पणी हुनु अस्वभावित होइन ।

तर, ट्रेलर हेरेको भरमा ‘बागवान’बाट प्रभावित भएर फिल्म बनेको छ भनिहाल्नु गलत हुन्छ । किनकि, परिवारभित्रको कथामा बन्ने फिल्ममा केही कुराहरु समान देखिन सक्छन् । र, ‘कबड्डी’ जस्तो सफल फिल्मका निर्देशक गुरुङले बलिउडको एउटा माइलस्टोन फिल्मबाट प्रभावित भएर फिल्म बनाउने दुस्साहस पक्कै पनि गरेनन् होला । किनकि, नेपाली फिल्म क्षेत्रमा उनको नाम उचो छ ।