Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री अथिया र क्रिकेटर राहुलले गरे विवाह

एजेन्सी, मुम्बई, 2023/01/23

Athiya Shetty, KL Rahul's FIRST PHOTOS as married couple go viral;  beautiful bride stuns in chikankari lehenga | Celebrities News – India TV

 

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल सोमबार विवाह बन्धनमा बाँधिएका छन् । विवाहका तस्बिरहरु इन्स्टाग्राममा शेयर गर्दै अथिया लेख्छिन्, ‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकें । आज, हामीले विवाह गरेका छौं, जसले हामीलाई अपार आनन्द र शान्ति दिएको छ । कृतज्ञता र प्रेमले भरिएको हृदयले, हामी एकताको यो यात्रामा तपाईंको आशीर्वाद चाहन्छौं ।’

विवाहमा दुई पक्षका परिवारका साथै उनीहरुका साथीसहित सय जनाको उपस्थिति रहेको थियो । विवाहमा उपस्थित पाहुनाहरुको हातमा रातो पट्टी बाँधिएको थियो, जसले थाहा हुन्थ्यो कि उनीहरु आमन्त्रित पाहुना हुन् । पट्टी विना विवाहमा प्रवेश गर्न दिइएको थिएन । विवाह भएको स्थान बाहिर कडा सुरक्षा व्यवस्था गरिएको थियो । अथिया बलिउड सुपरस्टार सुनिल शेट्टीकी छोरी हुन् ।

अथिया र राहुलको विवाहमा फिल्मकर्मी तथा क्रिकेटरहरुको खासै उपस्थिति थिएन । भारत-न्यूनिल्यान्ड क्रिकेट सिरिजका कारण क्रिकेटरहरु सहभागी हुन पाएका थिएनन् भने बलिउड हस्तीहरुलाई निमन्त्रणा गरिएको थिएन । चाँडै अथिया र केएलले मुम्बईमा दिने रिसेप्सन पार्टीमा भने ठूलो संख्यामा बलिउडकर्मी र क्रिकेटरहरुलाई निमन्त्रणा गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

राहुल र अथिया चार वर्षदेखि प्रेममा थिए । राहुल भारतीय क्रिकेट टिमका स्टार प्लेयर हुन् भने अथियाले अभिनेता सलमान खान निर्मित फिल्म ‘हिरो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनले ‘मोतीचुर चकनाचुर’, ‘मुबारकां’ फिल्ममा पनि अभिनय गरिसकेकी छन् । तर, उनको फिल्म यात्रा पिता सुनिल शेट्टीको जस्तो सुखद् हुन सकेको छैन । उनका सबै फिल्म असफल छन् ।