Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

नेपालका हल ‘पठान’मय, उच्च शो र आक्रामक बुकिङ

फिल्मीखबर, काठमाडौं, 2023/01/23

Shah Rukh Khan movie Pathaan latest update new poster of shah rukh from the  movie released | Pathaan Movie Update: Fans Get Excited With New Poster;  Pathan to theaters soon

 

बलिउड सुपरस्टार शाहरुख खानको नेपालमा जबर्जस्त क्रेज छ । उनका फिल्म प्रदर्शन हुँदा केही दिन हलमा महोत्सव नै लाग्छ । यही बुधबारबाट प्रदर्शनमा आउन लागेको उनको कमब्याक फिल्म ‘पठान’ले पनि नेपाली हलमा गजबको चहलपहल बनाउने संकेत गरेको छ । मल्टीप्लेक्समा पाएको शोज संख्या र बुकिङ हेर्दा यो फिल्मले नेपालमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर गरी फिल्मलाई ९० शोज बाँडेको छ । ‘केजीएफ २’, ‘कबड्डी ४’ र ‘आरआरआर’पछि यस वर्ष क्यूएफएक्स चेनमा सर्वाधिक शोज पाउने ‘पठान’ चौंथो फिल्म बनेको छ । चितवन, भक्तपुर, बुटवल, विर्तामोड, काठमाडौंको सिभिल मल, छाँया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा यो फिल्मको टिकट बुकिङ आक्रामक छ ।

त्यस्तै, फिल्मलाई बिग मुभिजले १५ शो, वान सिनेमाजको नयाँ बानेश्वर र कालिमाटीमा गरी २५ शो, एफक्यूबमा १४ शो, कीर्तिपुर सिनेप्लेक्सले ४ शो, रञ्जना सिनेप्लेक्सले ८ शो, क्यूज सिनेमाजले १२ शो, विएसआर मुभिजले ११ शो बाँडेका छन् । राजधानीका यी मल्टीप्लेक्सहरुमा पनि फिल्मको एड्भान्स टिकट बुकिङ सुखद् देखिएको छ । यसले पनि नेपालमा शाहरुखको क्रेज दर्शाउँछ ।

भारतमा पनि ‘पठान’को बुकिङ जबर्जस्त छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, भारतका तीन ठूला मल्टीप्लेक्स चेनमा मात्र ३ लाख बढी टिकट विक्री भैसकेको छ । फिल्मले पहिलो दिन ४० करोडको आसपास ओपनिङ गर्ने प्रक्षेपण ट्रेड एनालिस्टहरुको छ । ए-एट र ब्यांकटेस इन्टरटेनमेन्टले झन्डै नेपाली दुई करोडमा यो फिल्मको नेपाल प्रदर्शन अधिकार लिएको जानकारीमा छ ।