Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा’बाट जितु बाहिरिन सक्दैन, ऊ मनको मान्छे हो : दीपाश्री

फिल्मीखबर, काठमाडौं, 2023/01/19

दीपकराज गिरी र दीपाश्री निरौला टिमको विश्वास पात्रको रुपमा चिनिएका कलाकार जितु नेपाल ‘छक्का पञ्जा’को चौंथो श्रृंखलामा नअटेपछि टिम फुटेको चर्चा भैरहेको छ । जितुले आफ्नो कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्रीलाई महानायक विवादका कारण हटाएर करिश्मा मानन्धरलाई राखेपछि उनलाई ‘छक्का पञ्जा’को चौंथो पार्टमा स्थान नदिएको घामझैं छर्लङ छ ।

दुई हप्ताअघि एक अन्तर्वार्तामा जितुले शोबाट दीपाश्रीलाई हटाएपछि आफ्नो गल्ती देखिएकोले टिमबाट अलग हुनुपरेको आशय व्यक्त गरेका थिए । तर, दीपाश्रीले ‘छक्का पञ्जा’बाट जितु नबाहिरिएको बताएकी छन् । यही माघ २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रचार गर्न बुधबार कमेडी क्लबमा पुगेका जितुलाई उनले मनको मान्छे भन्दै प्रशंसामा शब्द खर्चिइन् ।

 

deepashree and jitu nepal


‘बाहिर ‘छक्का पञ्जा’बाट जितु नेपाल बाहिरियो भनेर जसरी कुरा चलिरहेको छ, जितु कहिल्यै पनि बाहिरिन सक्दैन । किनकि, ऊ मनको मान्छे हो,’ उनले भनिन्, ‘मुन्द्रेले आफ्नो शोमार्फत् मलाई अध्यक्षमा स्थापित गराएको थियो । आज म अध्यक्ष रहेको शोमा मुन्द्रे आउने भन्ने थाहा पाउँदा उत्साहित भएकी थिएँ ।’ जितुलाई सेन्टिमेन्ट क्यारेक्टरमा हेर्न आफू आतुर रहेको उनको भनाई छ ।

‘कमेडियन भनेर चिनिएको मुन्द्रे भाईले सेन्टिमेन्ट क्यारेक्टरलाई पनि सशक्त रुपमा निर्वाह गर्न सक्छ भन्ने कुरा ‘ह्यारी कि प्यारी’को ट्रेलरमार्फत् निर्देशक कपिल रिजालले देखाइसक्नु भएको छ । चुलबुले मेरो भाईलाई सेन्टिमेन्ट क्यारेक्टरमा ढाल्न सक्नु भनेको कपिल सरको महानता हो,’ उनले भनिन् । दीपाश्रीले आफू अभिनेत्री साम्राज्ञी आरएल शाहको फ्यान रहेको समेत बताउन भ्याइन् ।

‘जितु र साम्राज्ञीको जोडी मलाई मनपर्‍यो । जितुको सधैं कदको कुरा हुन्छ । तर, जितुले शारीरिक कदभन्दा पनि धेरै माथिको कद बनाइसकेको छ,’ उनी साम्राज्ञीको तारिफमा भन्छिन्, ‘साम्राज्ञीको त म पहिलादेखि नै फ्यान हुँ । उसको एक किसिमको लवज छ, जसबाट म मोहित छु । केटी मान्छे त मोहित हुन्छ भने केटा मान्छे झन् किन नहोस् ।’ जितुले पनि उनको कुरामा सहमत जनाए ।