Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डनमा हुने फेस्टिभलमा ‘प्रकाश’देखि ‘झिंगेदाउ’सम्म देखाइने

फिल्मीखबर, काठमाडौं, 2023/01/18

prakash and jhigedau movie

 

नेपालीहरुको उल्लेख्य रुपमा बासोबास रहेको हलिउड भूमि बेलायतमा हुन लागेको ‘नेपाली फिल्म फेस्टिभल २०२३’मा स्क्रिनिङ हुने नेपाली फिल्मको सूचि र उपस्थित हुने कलाकारको नाम सार्वजनिक भएको छ । ‘थर्ड आइ’को आयोजनामा ८ दिनसम्म चल्ने फेस्टिभलमा ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत ३’ लगायतका फिल्महरु स्क्रिनिङका लागि छनोट भएका छन् ।

विश्व बजारमा नेपाली फिल्मको प्रवर्द्धन गर्न फेस्टिभलको आयोजना गर्न लागिएको थर्ड आइका निर्देशक विकास देवकोटाले बताए । उनले भने, ‘नेपालीमा के–कस्ता फिल्महरु बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाल चिनाउने फिल्म छानेका छौँ । यो फेस्टिभलले बेलायतमा नेपाली फिल्मको बजार बढाउनेमा हामी विश्वस्त छौं ।’

 

nepali film festival


फेस्टिभलमा सहभागी हुन नेपालबाट एक दर्जनभन्दा बढी लोकप्रिय कलाकारहरु जानेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा, विल्सन विक्रम राई, यश कुमारलगायत छन् । यो फेस्टिभल आगामी १८ देखि २५ फेब्रुअरीसम्म चल्नेछ ।