Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भगवत् गीता’मा विपिन कार्कीको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2023/01/18

bipin karki

 

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएको छ । निर्देशक थापा र विपिनबीच बुधबार कागजी सम्झौता भएको हो । यसै साता फिल्म ‘प्रसाद २’को छायांकन सकेर काठमाडौं फर्किएपछि उनीसँग भेट गर्दै झरनाले फिल्म अफर गरेकी थिइन् । टिम र चरित्र मन परेपछि उनी काम गर्न राजी भएको जानकारी प्राप्त छ ।

विपिनभन्दा अघि दयाहाङ राई र सौगात मल्ललाई फिल्ममा एउटा महत्त्वपूर्ण भूमिकाका लागि अप्रोच गरिएको थियो । तर, व्यस्त सेड्युलका कारण दुवैले नभ्याउने भएपछि निर्माण टिमले विपिन रोजेको हो । सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको यस फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ । यही माघ २० गतेबाट फिल्म फ्लोरमा जाँदैछ ।

आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । तर, हिरो छनोटमा लामो समय लाग्दा छायांकनमा निस्कन ढिलाई भएकाले अब यो फिल्म नयाँ वर्षमा आउने सम्भावना न्यून छ । अन्तरजातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई जनकपुर र दार्चुलामा खिचिनेछ । फिल्ममा सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।