Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलले सफाई पाएपछि पूजा लेख्छिन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ’

फिल्मीखबर, काठमाडौं, 2023/01/18

paul shah and pooja sharma

 

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि तनहुँ कारागारको चौघेरामा रहेका चर्चित अभिनेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाई दियो । अदालतको फैसलाबाट उनी खुसी छन् । तर, यसअघि नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय सुनाएकाले उनी उक्त सजाय काटेपछि मात्र रिहा हुनेछन् ।

शाहले नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् । उच्च अदालतले नवलपुर जिल्ला अदालतको फैसला उल्ट्याएको खण्डमा भने उनी अगाडि नै रिहाई हुनेछन् । तनहुँ अदालतले शाहलाई सफाई दिएपछि उनको परिवारका सदस्य, प्रशंसक, नजिकका कलाकार, निर्माता तथा निर्देशकहरुले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका छन् ।

अदालतले झैं गरी सुरुवातदेखि नै पल निर्दोष रहेको दाबी गर्दै आएकी अभिनेत्री पूजा शर्माले मंगलबार जिल्ला अदालत तनहुँको फैसलापछि खुसी हुँदै आफ्नो इन्स्टाग्राम स्टोरीमा पलको तस्बिर राख्दै लेखेकी छन्, ‘जहिले तिम्रो साथमा थिएँ, दुःख होस् या सुःख । सो ह्याप्पी फर यू दोस्त ।’ पलको रिहाईको कामना गर्दै आएकी उनले धेरै पटक कारागारमै पुगेर पलसँग भेट गरिसकेकी छन् ।

 

pooja sharma


फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको मुखमा रहँदा पलविरुद्ध जबर्जस्ती करणीको अभियोगमा जाहेरी परेको थियो भने फिल्म प्रदर्शनपछि उनी स्वयंले तनहुँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए । फिल्म रिलिजको समयमा पूजाले सांत्वना बटुल्न पल बाहिर नआएसम्म फिल्म नबनाउने घोषणा गरेकी थिइन् । तर, चाँडै उनी अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्दैछिन् ।