Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

पललाई सफाई दिएकोविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन जाने

फिल्मीखबर, काठमाडौं, 2023/01/18

paul shah

 

नाबालिग बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई मंगलवार जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाई दिएपछि सरकारी वकिलको कार्यालय पुनरावेदन जाने भएको छ । मंगलबार जाहेरवालाको तर्फबाट बहस गरेका तनहुँका जिल्ला न्यायाधिवक्ता गोविन्दप्रसाद उपाध्यायले अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने बताए ।

पीडितले होस्टाइल भएर तनहुँ अदालतमा बयान फेरेको जिकिर गर्दै उनले आफूले राज्यका तर्फबाट यी कारणले शाहलाई सजाय हुनुपर्छ भनेर बहस गरेको बताएका छन् । सर्वोच्च अदालतका विगतका नजिर र तथ्यगत प्रमाणहरू पेश गर्दै उपाध्यायले बहसमा शाहलाई सजाय हुनुपर्ने माग राख्दै शारीरिक परीक्षण, परिस्थितिजन्य प्रमाण, पीडितको उमेर लगायत कागजात पेश गरेका थिए ।

पलको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेले घटना भएको भनिएको साँझ अलग-अलग कोठामा सुतेको, भोलिपल्ट सँगसँगै ढोरबाराही मन्दिर दर्शन गर्न गएको, एउटै गाडीमा काठमाडौं फर्केको लगायतका कारण देखाउँदै बलात्कार हुन नसक्ने जिकिर गरेका थिए । अदालतले पनि दोषी प्रमाणित हुने दाबी नपुगेको भन्दै शाहलाई सफाई दिने फैसला गरेको हो ।

सोही मुद्दामा गत भदौ २९ गते शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय सुनाउँदै १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । यो फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन समेत दिइसकेका छन् । २०७८ सालको फागुनमा नाबालिगका पिताले पलविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गराएका थिए ।