Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघ रुपन्देहीमा मोहन न्यौपानेको नेतृत्व

फिल्मीखबर, काठमाडौं, 2023/01/17

nepal film journalist association rupandehi

 

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आगामी फागुन १७ गतेलाई नवौं महाधिवेशनको मिति घोषणा भएसँगै यतिबेला शाखा अधिवेशन भैरहेका छन् । चितवन र मकवानपुरपछि मंगलबार रुपन्देही शाखाको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको छ । बुटवलमा सम्पन्न अधिवेशनले अबको ३ वर्षका लागि मोहन न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ ।

रुपन्देही शाखाको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा बिकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल छन् । त्यस्तैगरी, सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वाचन मण्डलको संयोजकमा विश्वास ढकाल थिए भने सदस्यको जिम्मेवारी कपिल ज्ञवाली र कृष्ण भण्डारीले बहन गरेका थिए ।

अध्यक्षमा सर्वसम्मत चुनिएसँगै न्यौपानेले चलचित्र पत्रकार संघलाई थप क्रियाशिल र आर्थिक रुपमा सबल बनाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । सदस्यहरुको वृद्धिलाई समेत प्राथमिकतामा राख्ने उनको भनाई छ । चलचित्र पत्रकार संघ नेपालका संगठन उपाध्यक्ष कुबेर डंगोलको आतिथ्यतामा भएको अधिवेशनमा विभिन्न पेशागत संगठनका शाखा अध्यक्षहरुको पनि उपस्थिति थियो ।

चितवनमा गोविन्द्र र मकवानपुरमा कपिलको नेतृत्व

 

nepal film journalist association chitwan


यसै साता भएको चितवन शाखाको आठौँ अधिवेशनबाट अध्यक्षमा गोविन्द्र अर्याल सर्वसहमतले चुनिए । उपाध्यक्षमा सागर ढुगना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशील पन्त क्षेत्री चयन भएका छन् । सदस्यहरुमा भने मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा सर्वसम्मत रूपमा चयन भए ।

 

nepal film journalist association makwanpur


उता मकवानपुर शाखाको पाचौँ अधिवेशनबाट अध्यक्षमा कपिल खडका सर्वसम्मत चुनिएका छन् । उपाध्यक्ष श्रीराम अर्जुन, सचिव रविन्द्र गौतम, सहसचिव दिपेश दाहाल, कोषाध्यक्ष मनोज देवकोटा चयन हुँदा दर्शन क्षेत्री, कुन्दन प्रवेश धिताल, मन्ज मैनाली र सानु रिजाल देवकोटा सदस्यमा चुनिए । चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशनअघि शाखाले अधिवेशन गर्नुपर्ने हुन्छ ।